Pages

Tuesday, June 26, 2012

कविता


[ अनुष्टुप छन्दमा लेख्ने सानो प्रयास ] 
   ................................................             
तिमी निको हुँदै गयौ ,अनि दुख्न म थालेछु ,
मुक्त भयौ जहाँ तिमी, त्यहाँ डुब्न म थालेछु   
धेरैबेर तिमी पनि, उड्यौ होला कताकता ,
उस्तै नै छौ भने आज ,फर्क मेरा मनका राजा  

फूल बास्ना बिना कस्तो , म छु तिमी बिना त्यस्तो ,
आयो मायाँ पलाएर , अँगालोमा कसौं जस्तो   
तिम्रो निरास जीन्दगी, बन्छ भने हराभरा ,
सोचेकी छु तिमी संगै , दुख सुख बराबर  

2 comments:

  1. Ustai nai chhu bhane aaja, farka meraa manaka raajaa..yo pangtimaa 8+8 hunu parnemaa 8+9 bhayechha..tara kabitako mitho bhaavle yo trutilaai birsaaidieko chha..ekdum ramro laagyo..

    ReplyDelete
  2. सहि हो तपैंको कुरा , हुन त " मन "लाई एउटा अक्षर पढ्न सकिए पनि त्यो फेरी दीर्घ हुन्छ । त्यहाँ अलिकति समस्या भएको छ तै पनि यति राम्रो प्रतिक्रियाको लागि धेरै धेरै धन्यबाद ।

    ReplyDelete