Pages

Saturday, May 19, 2012

गजल

    भन न साँच्चै


कस्तो रैछ मन मेरो भनि जाँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

कसैले नदिने मायाँ दिन्छु भनेर 
भन्यौ तिम्रै लागि यो जोबन साँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

छिन छिनमै बदलिने मनको के भर 
टुट्न सक्छ नछुटिने नाता गाँसेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

तिमी बिना मर्छु भन्नु बहाना हो कि 
बाचा यता हौला कसको लागि बाँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

कस्तो रैछ मन मेरो भनि जाँचेको 
भन न साँच्चै मायाँ लाग्छ कि ढाँटेको 

2 comments:

  1. तिमी हाँस्छेउ लाग्छ सारा जगत् हाँसेको
    लाग्छ त्यही हाँसो कुर्दै म छु बाँचेको
    जोवन मात्रै हैन जीवन पनि तिम्रै नाउँमा भो
    माया लाग्छ साँच्चै लाटी छैन ढाँटेको

    ReplyDelete
  2. आहा ! कति मीठो कमेन्ट , धन्यबाद है माधव जी :))

    ReplyDelete