Pages

Saturday, May 19, 2012

गीत


तिम्रै लागि उब्जेको यो मायाँ के गरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

जन्मजातै जोडिएको भन्छन् हाम्रो नाता
छुट्ने कुरा आफैंले नै ल्यायौ कहांबाट
हाँस्दै चढ़या शिखर कसोगरी झरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

आँखा चिम्ले आँखा खोले आँउछौ आँखैमा
कसरी हो भुल्नु मैले बसेको काखैमा
सहास छैन तिमी बिना जंघार तरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

यति चोखो मीठो मायाँ जाल तोड्यौ भने
पागलै हुन्छु कसम मलाई छोड्यौ भने
प्राणको टुक्रा भनि कसको पाउ परौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

तिम्रै लागि उब्जेको यो मायाँ के गरौंला
एकैपल्ट सोचिदेऊ म बाँचौला कि मरौंला

2 comments:

  1. यो गीत पढेर कता कता प्रेमको भोक लागेर आयो, आफ्नो बारेमा नि यसरि सोचिदिने, लेखिदिने मान्छे भैदिए हुन्थ्यो झैँ लाग्यो

    ReplyDelete
  2. हो नि है , मलाई नि त्यस्तै लाग्छ :)

    ReplyDelete