Pages

Sunday, August 24, 2014

           


               गजल 


साँझ पर्यो चुलोमा के झान्दै हौली आमा
नखाई पेट कसेर बान्दै हौली आमा

रुन्छ मन तिम्रो जस्तै रातै भरि मेरो
मारे मायाँ भनि दु:ख मान्दै हौली आमा

बुढा बाबा सम्झे गाँठो परिहाल्छ मुटु
रोगी शरीर कसरी धान्दै हौली आमा

आफ्नै सुर गरे भन्दै छोराछोरीले
आँशु पुछ्न साडी छेउ तान्दै हौली आमा

साँझ पर्यो चुलोमा के झान्दै हौली आमा
नखाई पेट कसेर बान्दै हौली आमा