Pages

Monday, October 8, 2012

कविता


बादलभित्र कहिले बाहिर 
लुकामारी खेलिरहँदी हो जून 
लाखौं तारा झिलमिल झिलमिल 
झिल्मिलाइरहँदा  त 
बाफ्रे !
त्यो मध्यरातमा 
त्यो सिङ्गै आकाश 
कति रमाइलो देखिँदो हो 
तिम्रो काखबाट हेर्दा 

2 comments:

  1. कदमा छोटो तर लामो प्रभाव दिने कविता! कल्पनाशीलताको उडानले भरिएको छ।

    ReplyDelete
  2. राम हो र ? हेहे... धन्यबाद :)

    ReplyDelete