Pages

Saturday, July 7, 2012

कविता


 आऊ फेरी मायाँ गरौँ

त्यो बेला 
तिमीलाई पनि
मेरो मायाँ लागेकै हुनुपर्छ 
नभए कसरी  " तिमी "
भन्नै छोडेर मेसेजमा 
 " तँ " लेख्यौ  त ?

तिमी बोल्दैनौ 
भेट्दैनौ, खोज्दैनौ 
मलाई 
लाग्छ चिनेकै छैन 
बोलेकै छैन,
म नहुनुको गुनासो छैन 
अभाव छैन मेरो 
म त यहि सोध्छु 
कसरी भुल्यौ हँ ?

परानको टुकुरी
मायाँको पोकी 
भन्थ्यौ हैन !
खै त तिम्रो परान 
खै त तिम्रो मायाँ ?
बाँची कि मरी 
सोध्न पनि त सोधेनौ 
म रिसाँउदा
गल्ति भएछ कि 
सम्म सोचेनौ 
पश्चाताप गरेनौ 
फकाएनौ पनि त 

अनि ,
फेरी किन सम्झे झैं गर्छौ
मायाँ लागे झैं गर्छौ 
तिमीले "गुडनाइट"
भन्दैमा रात शुभ हुने भए ,
खै त यत्तिका दिन भनेनौ 
अँध्यारो मुख लाउँदैमा 
कसरी बुझ्नु दुखी छौ भनि 

आखिरमा ,
मायाँको त महशुस हुँदो रहेछ
याद पनि त गर्दो रहेछौ
अनि के 
सधैं मैले भन्नु पर्ने 
आऊ न त मायाँ गर्छु भन 
फेरी त्यसै गरी,
आइ लव यु अन्ठानब्बे करोड 
हेहे ... आऊ फेरी मायाँ गरौँ  

2 comments:

  1. हलुका हलुका छायाझैं महसुस गरायो कविताले ।

    तपाईंको ब्लगमा पस्ने यो मौका पाएर खुशी छु । ब्लगिङ्ग दुनियाँमा स्वागत भन्दै सफलताको हार्दिक कामना ।

    ReplyDelete