Pages

Thursday, July 12, 2012

गीत

सातै रङ्ग इन्द्रेणीको झैं जीन्दगानी 
कसम त्यो हाँसोको म हुँ दिवानी 

जून जस्तै देखिन्छौ त्यो माथि सगरको
मुस्काउछौ जब पीडा छोपी अधरको
तिमीले हाँसे उजेलिन्छ अँधेरो कुना नि  
कसम त्यो हाँसोको म हुँ दिवानी

फूल राम्रो सबैभन्दा भन्न त भन्छन्
फूल भन्दा नि राम्रो तिम्रै हो मुस्कान 
हाँसेरै कति पागल बनायौ बेइमानी 
कसम त्यो हाँसोको म हुँ दिवानी 

सातै रङ्ग इन्द्रेणीको झैं जीन्दगानी
कसम त्यो हाँसोको म हुँ दिवानी 

2 comments:

  1. यो फोताँ भा केटा लाई त कता देख्या जस्तो लाग्यो त :D

    ReplyDelete