भुल्दै सम्झिँदै
जवाफ खोजिरहेछु
भुल्नुसँग सम्झनुको
के नाता रहेछ ?
मैले फालेँ, मेटाएँ
उसको याद आउने चिज
केहि छैन ,
कहिँ छैन
साँच्चै भनूँ भने
म अलग्गिएं उसबाट ।
हो, त्यहि दिनदेखि
ऊ मेरो
सम्झनामा आउँछ
म बेस्सरी सम्झिदिन्छु
कति भनेर सवाल नगर
म आफैं जवाफ खोजिरहेछु ।
रोइदिन्छु , हाँसिदिन्छु
उसैलाई सम्झेर
किनकि ,
म उसलाई अब भुल्न चाहन्छु ।
उफ् ! फेरी सोच्छु
मैले उसलाई भुलेको
कि सम्झेको ?
के भुल्नु पनि सम्झनु हो र ?
कि सम्झनु चाहिँ
भुल्नु हो ?
म जवाफ खोजिरहेछु ।
साँच्चै राम्रो कविता छ अस्मिता जी । अब रोदनको, प्रमेको सँगसँगै अरु सामाजिक कुराहरुमा पनि लेख्नुहोस न कविता । मनका गुनासाहरु त यस्तै हुन जति पोखे पनि रितिदैनन । कुनै पोखरी रित्तिसक्दा पनि त्यसमा हिलो अझै बाँकी रहन्छ भने यो मनका गुनासाहरु त यस्तै हुन जति पोखे पनि सकिदैन ।
ReplyDeleteहस्, धन्यबाद :)
Deleteहो, त्यहि दिनदेखि
ReplyDeleteऊ मेरो
सम्झनामा आउँछ
म बेस्सरी सम्झिदिन्छु
कति भनेर सवाल नगर
म आफैं जवाफ खोजिरहेछु ।
मन पर्या हो ? ;)
Delete