Pages

Friday, June 22, 2012

गीत

खुशीले के गरूँ के गरूँ भो आज 
भोलि मेरा आउने रे मनका राजा 

निदाएर सुटुक्कै देखूँ कि सपना 
सम्झिएर रातैभरि गरूँ  कल्पना 
गाह्रो भो कसरी बिताऊँ यो साँझ 
भोलि मेरा आउने रे मनका राजा 

फूल भए फुलिदिन्थें बाटैभरि 
म उसको स्वागत गरूँ कसोगरी 
आशाको दियो बल्यो निराशाको माझ 
भोलि मेरा आउने रे मनका राजा 

खुशीले के गरूँ के गरूँ भो आज 
भोलि मेरा आउने रे मनका राजा 

3 comments:

  1. मनका राजालाइ देख्नलाई आतुर भएको मनको ब्याथा :)

    ReplyDelete